Category Archives: Sumdhur Geet Gajal

Here are songs written by Bhumi Nepalese Language

Antaral Musical Series

भूमि भण्डारीका गजलहरु

सपनाकै संसार जिवन भरि

अस्त व्यस्त घरवार जिवन भरि

कति कमजोर भएंछु प्रेममा

सवै कल्पना निराधार जिवन भरि

प्यास अथाह मन भित्र

खोजी हिडे सागर जिवन भरि

फूल छरे तिम्रा बाटाहरुमा

पाए कांडा उपहार जिवन भरि

आखाा भरि तिमिलाइ राखे

सवै दृश्य निराकार जिवन भरि

भन्छन भाग्य पौरखले लेखिन्छ

मेरो त खाली निधार जिवन भरि

थप एउटा गजल मात्रै तपाईं को लागि

सिरानीले रोयौ भन्यो निचोरेर हेरें
पराया भाको सुने छाती फोरेर हेरे

यादहरु तस्बिरसंगै असरल्लै थिए
मनले भन्यो दुई शब्द कोरेर हेरे

आँखाहरु बाटोभरी ओछ्याइदिये मैले
आर्कैसँग थियौ तिमी चोरेर हेरे

मातलाई आफ्नु माने याद्लाई भुल्न
चिट्ठीहरु सम्झनाले झन पिरोलेर हेरे

मर्नु भन्दा बहुलौनु जाती भन्छन सबै
कोइ थिएन ओदाउने कफन जोरेर हेरे