Category Archives: Short Stories in Nepalese Language

Here are some short stories

साइबरमा कमरेड

यस कथामा Bhumi Bhandari लेख्छन् -

“मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो ।

बास्तवमा मलाई ‘कमरेड’ शब्द देख् नै डर लाग्थ्यो । संकटकाल थियो । गाउमा माओवादीको जगजगी । शहरमा सरकारी सुरक्षा फौजको त्रास । गाउाका समाचार धेरै बिक्थे त्यसताका । गाउको समाचार लेख् बापत कोहीकोही बेला शहरमा बस्ने हाकिमहरुलाई प्ा्रष्टिकरण समेत दिनु पर्दथ्यो । यो बीचको सन्तुलनमा कमरेड थपिंदा एकको पक्ष लिजस्तो हुन्थ्यो । फेरी अर्को पक्षले थाहा पाएमा पर्ने जोख्िमको डर त छदैं थियो । त्यसैले मलाई कसैले कमरेड नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । एक उनी थिइन्, जो घरिघरि मलाई ‘कमरेड’ सम्बोधन गरेर जिस्क्याइ रहन्थिन् ।

उनलाई पहिलो पटक मैले एक सांस्कृतिक कार्यक्रममा देख्ोको थिएं । माओवादी कलाकारको ‘स्टोरी’ बिक्ने आाकेर मैले उनको अन्तरवार्ता समेत लिएको थिएं । ‘हातमा के भएको ?’ – उनको दाहिने हातमा बाधेको रुमाल र असन्तुलित हात झुञ्ड्याइले मलाई प्रश्न गर्न प्रेरित गर्‍यो । ‘ गोली लागेको ।’ – ‘अरे बाफ रे बाफ’ गोली लागेको अवस्थाको कति सहज उत्तर । न अनुहारमा कुनै परिवर्तन, न बोलीमा । मानौं, गोली लाग्नु भनेको कमिलाले टोक्नु भन्दा सामान्य हो ।

‘हेरौ’ मैले आग्रह गरें । उनले रुमाल हटाइन् । पाख्ाुराको माथि केही ख्ााल्डो परेको छ ।, त्यहाा केही रुवा कोचिएको छ । घाउको परिधि सुन्निएर रातो भएको छ । ‘ओ हो ‘ – मेरो मुख्ाबाट अनायस यो शब्द फुत्कियो । ‘युद्धमा यो सामान्य हो ।’ उनले सामान्य रुपमा लिइन् ।

मलाई उनको नामले थप आश्चर्यमा पारेको थियो । बााके-बर्दियामा अनौठा अनौठा नाम गरेका माओवादीहरुकोे चर्चा हुन्थ्यो । माओवादीका केन्दीय नेता ‘प्रचण्ड’ थिए । तर, यिनको नाम कविता थियो । ‘युद्ध र कविताको के सम्बन्ध ?’ – मेरो चाहना उनको नाम अलि आक्रमक, क्रुर भइदिए हुन्थ्यो भन्ने थियो । तर, मेरो प्रश्न र्झन नपाउदै उनले भनेकी थिइन् – ‘शोषण, दमन र बिभेदबाट बिद्रोह जन्मिन्छ । बिद्रोहको संख्ाघोष बन्दुक र कविता दुबैले गर्दछन् । त्यसैले युद्ध र कविता एक अर्काका परिपूरक हुन् ।’ ‘क्रान्तिकारीका कुरै ठूला ।’ – मनमनैको मेरो यो निश्कर्षसागै त्यो दिनको अन्तरवार्ता टुंगिएको थियो ।
नेपाली जनयुद्धको पहिलो पंक्तिको साक्षी पत्रकारहरु थिए । त्यसैले पनि म युद्धका हरेक आरोह अवरोहहरुसाग नजिक थिएं । अनेक मान्छे भेटिन्थे, अनेक घटना अचम्मका हुन्थे र धेरै समय चर्चामा रहिरहन्थे ।

मलाई कविता कमरेड देख्ोर छक्क लागेको थियो । ‘म किन जनयुद्धमा लागिंन ?’ भन्ने प्रश्न एकपटक मेरो मनमा आएको थियो । समाज परिवर्तनका लागि जनयुद्ध ठीक हो भन्ने निष्र्कषमा म पुग्न ख्ाोज्दै रोकिंदै गर्दथें । कविता समाज परिवर्तनका लागि लडिरहेको बताउाथिन् । परिवारका सदस्यहरु युद्धको नाममा मारिएपछि त्यसको बदला लिन उनी यता होमिएकी थिइन् । उनले बाबुआमा सागै आफन्त गुमाइन्, स्कूले शिक्षा गुमाइन्, सामाजिक सुरक्षा गुमाइन् । पाइन् केवल पहाड झै लाग्ने पीडा र उज्यालो र लक्ष्यविहीन भविश्य । यसरी युद्ध बन्यो एक किशोरीको सुरक्षित गन्तब्य । कविताले बन्दुक उठाइन्, युद्ध लडिन् । मान्छे मारिन् । लडाईकै क्रममा उनको हातमा समेत गोली लाग्यो । दाहिने हातमा गोली लागेपछि उनी सांस्कृतिक बिभागमा आइन्, गीत गाइन् र बिद्रोह र परिवर्तनको संख्ाघोष गरिरहिन् ।

पााच बर्ष पछि म यो घटना सम्झदैंछु । जीवनको अनेक मोडमा मसाग भेट भएका पात्रहरु कहाा छन्, के गर्दैछन् मलाई थाहा छैन । तर कविता कमरेडलाई पााच बर्ष पछि नेपालगञ्जमा भेटें । म उनलाई भेटेपछि धेरै अन्योल र असमान्जस्यमा परें र निष्कर्ष निकालें – ‘युद्धले कहिल्यै कसैलाई फाइदा गर्दैन । ‘

म नेट साइबरमा थिएं । साइबरको काउण्टरमा कोही महिला अमेरीका जानका लागि भरिने डिभी चिट्ठाको सूचना साइबरको मान्छेलाई दिइरहेको म क्याविनबाट थाहा पाइरहेको थिएं । त्यो आवाज चिने जस्तो लाग्थ्यो । मैले को रहेछ भनि हेरें तर चिनिंन । काम सकेर म निस्किंदा ती महिला त्यही बसिरहेकी थिइन् ।

फुङ्ग उडेको अनुहार, धेरै दिन देख्ाि स्याम्पू नदेख्ोजस्तो लाग्ने कपाल, मैलो देख्ािने कुर्ता सुरुवाल र हात्तिछाप चप्पल लगाएकी ती महिलालाई मैले कंहि देख्ोजस्तो, कहिं चिनेजस्तो लागिरह्यो । ‘कति पैसा भयो ?’ – ती महिलाको समेत ध्यान आकृष्ठ गर्दै म काउण्टरमा गएं । उनका निरस आाख्ााले म तिर पुलुक्क हेरे । मेरो मुख्ाबाट आश्चर्य मिश्रति आवाज आयो – ‘कविता कमरेड Û’ सायद उनले पनि मलाई चिनिन् । म त कविता सभासद भइन्, मन्त्री वा कतैको ठूलै पदमा पुगिन् होला भन्ने पो सोचिरहेको थिएं ।

सन्सार जितौंला जस्तो इच्छाशक्ति बोकेर युद्धमा लागेकी कविता र अमेरीका जान पाइने आशामा साइबरमा डिभी भर्न लागेकी कविताको म तुलना गर्दैछु । ‘अब्बल साम्यवादी चेत भएकी, अनुहारमा दिव्य आलोक भएकी कविता र नीरह र निरस कविता के दुबै एकै हुन् ?’ मेरो मन प्रश्न गर्छ । ‘समयको गति सागै कविता कमरेड किन आफूले संघर्ष गरेको देश नेपाल छाडेर सपनाको देश अमेरीका प्रति आशक्त बनिन् ?’- मसाग अनगिन्ती प्रश्नहरु एकै पटक ज्वारभाटा जस्तै आउादै जादैं छन् ।

उनले भनिन् – ‘मलाई कमरेड नभन्नुहोस् । आजभोलि यो शब्दसाग मलाई बितृष्णा छ ।’

हामीले केहीबेर कुरा गर्‍यौं । उनको दाहिने हातको घाउ अझै ठिक भएको छैन । यसले हातलाई अझै गलाई रहेको छ, पीप बगिरहन्छ । उनको बिहे भएको, फेरी पतिको युद्धकै क्रममा मृत्यु भएको, शान्ति स्थापना पछि पार्टीमा उनको भूमिका कम भएको, सांस्कृतिक बिचलनको आरोपमा पार्टीले कारवाही गरेको र अन्त्यमा शहरतिर ‘पाइएको’ काम गरेर जीवन गुजारा गरिरहेको सुन्दा मलाई नमज्जा भयो । म त्यहाबाट निस्किएं । कविता कमरेड साग फेरी भेट होला, नहोला । तर, मसाग यो प्रश्न अझै साथै छ – ‘के कविता कमरेडलाई डिभी पर्ला ?’

२०६६ मंसिर

कमरेड सीमाको कथा

माओवादीले नेतृत्व गरेको जनयुद्धमा बन्दुक बोकेर हिडेकाहरु अहिले कहा होलान् ? यहि देशमा होलान्- कोही माओवादी शिविर भित्र, कोही शिविर बाहिर । तर, बन्दुक बोक्ने भन्दा धेरै संख्यामा बिचार बोकेर भूमिगत भएकाहरु कहा होलान् ? सायद दोश्रो प्रश्नको उत्तर दिने नभेटिएलान् । कमरेड सीमाको कथा उनी माओवादी बिचार बोकर भूमिगत भएदेखि सुरु हुन्छ, र निरन्तर अहिलेसम्म पनि जारी छ । कमरेड सीमा माओवादीको सांस्कृतिक फाटमा थिइन् । उनी क्रान्तिका गीत गाउथिन् र गाउ-गाउमा जनतालाई जुरुक-जुरुक बनाउथिन् ।

कमरेड सीमाले गाएको गीतमा धेरैले आफ्नो कथा-ब्यथा देखे र माओवादी भए । तर तिनै सीमा अहिले गुमनाम जीवन बााचिरहेकी छिन् । सत्ता र शक्ति भन्दा टाढा, द्वन्द्वमा लागेको घाउ सुम्सुम्याउदै अपहेलित र उपेक्षित जीवन भोगरहेकी छिन् । माओवादीमा लागेपछि हत्केलामा ज्यान राखेर हिड्नु पथ्र्यो रे । एकदिन यसरी हत्केलामा ज्यान राखेर हिड्दै गर्दा आखा अगाडी दुश्मनद्वारा उनका सहयोद्धा मारिए, उनी पक्राउ परिन् । पूर्वाञ्चलका जिल्ला सदरमुकाममा उनले जेल जीवन भोगिन् । त्यसताका राज्यद्वारा उनमाथि लगाइएको आतङ्ककारीको दाग यातना भोग्दा र कारावासमा थुनिदा पनि हट्न सकेन । लोकतन्त्र आएपछि टेकेको जमिन उनको भयो, देखेको आकाश आफ्नो भयो तर भविश्य आफ्नो हुन सकेन, अहिलेसम्म पनि हुन सकेको छैन ।

कमरेड सीमा जनयुद्धमा लागेका हजारौं किशोरीहरुकी प्रतिनीधि पात्र हुन् । मध्यपश्चिममा उर्वर मानिएको जनयुद्धमा पूर्व इलामकी सीमा पनि आर्कषित भइन् । कारण एउटै थियो – मुक्तिको खोजी । देशभरीका हजारौं युवा-युवती जो माओवादीमा होलटाइमर भएर लागे, उनीहरु सबैको एउटै आशा थियो – आफू अनुकूलको समाज, आफू अनुकुलको कानुन । देशमा परिवर्तन भयो तर, न त समाज उनीहरुको पक्षमा भयो न परिवार नै । केही सत्तामा पुगे, केहीले ठेक्कापट्टा पाए तर अधिकांशसाग रोजगारी पाउन न सर्टिफिकेट थियो, न नेताहरुसाग हिम-चिम नै । बरु, जनयुद्धपछि माओवादीमा लागेकाहरुले अहिले फाइदा लिइरहेका छन्, कमरेड सीमाहरु केही गर्न सक्दैनन् केवल चित्त दुखाउन बाहेक ।

नेपालमा लोकतन्त्र आएपछि जेलबाट छुटेकी सीमा घर गइन् र जनयुद्धमा उनका सहयोद्धाले गरेका गल्तीहरुको रिस पोख्ने भााडो भइन् । माओवादीले लिएको ऋण नतिरेको झोाकमा उनीमाथि एक पटक आक्रमण समेत भयो । तर, त्यत्तिवेला न परिवारले चासो दियो, न पार्टीले । अझ, लडाईबाट भागेर सुरक्षाफौज पच्छ्याउादै गरेको आरोप समेत लाग्यो उनी माथि । त्यसपछि कमरेड सीमालाई माओवादी पार्टीप्रतिको मोह भङ्ग भयो । यी कमरेड सीमाको बास्तविक नाम तारा राई हो । जनयुद्धमा पार्टीले दिएको नाम मन नपरेपछि उनले ‘अनमोल’ भन्ने टाइटल आफैं राखेकी छिन् ।

अहिले उनी इलामको पञ्चकन्या गाबिस, आठघरेमा बुवा भीमबहादुर र आमा मनमायासागै बस्छिन् । ६ कक्षामा पढाई छुटेपछि उनी माओवादी बनिन् र माथिको घटना वरिपरी घुमिरहिन् । ताराका बाबु भीमबहादुर इलाममा नाम लिइने गायक हुन् । बाबुको कारण उनले अर्का गायक गणेश रसिक भेटिन्, पत्रकारहरु देबेन्द्र भट्टराई र गिरिश गिरि भेटिन् । माओवादी सभासद् धर्मशीला चापागाईसाग उनको जेलमै राम्रो चिनजान र सम्बन्ध थियो । झापामा चन्द्र भण्डारी नाम गरेका पत्रकार छन् जो काराबासमा बसेका मान्छेहरुको कञ्चनजंघा एफएममा रेडियो अन्तवार्ता गर्दछन् । यी मान्छेहरुको संगतले उनलाई लेखिका बन्ने लहड जाग्यो, लहडै-लहडमा उनले लेखिन् – ‘छापामार युवतीको डायरी’ । पन्ध्र भागमा बाडिएको उनको डायरीमा अधिकांश अक्षरहरु सेनाको प्रशंसामा खर्च भएका छन् । ६ कक्षा मात्रै पढेपनि ताराले त आफ्नो भोगाई लेखिन् र अहिले चर्चामा छिन् । तर, तारा जस्तै हजारौं गुमनाम पूर्व छापामारहरुको खोजी कसले गरिदेला ?

छापामारसंग एक रात

भूमि भण्डारी पोहार साल बैशाखताका सुर्खेतको राकम गएका बेला भेटिएको एक माओवादी पूर्व छापामारसँगको सम्बादलाई यस कथामा भण्डारी यसरी प्रस्तुत गर्दछन् -

‘ऊ त्यो डाँडाको टुप्पामा म सात दिन बसेको छु ।’ उत्तरपट्टी आङ नै सिरिङ्ग हुने अजङ्गको डााडो ठडिएको छ । ऊ त्यो डााडो तिर लक्षित गरेर बोल्दैछ । पूणिर्माको चन्द्रमाले हरियो डााडो कालो देखिएको छ र छ्याङ्ग खुलेको आकाश । ‘अनि लेक लागेन त त्यहाँ बस्दा ?’ -
मेरो जिज्ञासा छ । ‘अरे सर, हामी कि मर्न कि मार्न भनेर हिडेको मान्छे, हामीलाई लेकको के डर’ -उसको सहज उत्तर छ ।

६६ सालको बैशाख पूणिर्माको रात पश्चिमी सुर्खेतको राकममा म थिएं । भेरी नदि किनारको एक घरमा मेरो बास थियो र भेटिएको थियो, आफूलाई पूर्व छापामार दावा गरिरहेको एक यूवक । राती हावाहुरी चल्यो । जाजरकोट पुग्नु पर्ने तर त्यसरात त्यसै घर बाहिर सुतेका ट्याक्टरका डूाइभर र सहयोगीहरु हुरुरु भित्र पसे । त्यो युवक म सुतेको खाटमा छेऊ लाग्न आइपुग्यो र सम्बाद सुरु भयो । उसले ‘कुमटाकुरा’ तिर देखाउदैं सम्बादको सुरुवात नै यसरी गर्‍यो ।

काठमाण्डौंमा राजनैतिक परिवर्तन भएको थियो । प्रचण्डले भर्खरै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । पार्टी रणनीति बताउंदै गरेको उनको एक भिडियो पनि त्यसताका सार्वजनिक भएको थियो । जसले राजनीतिक माहौलमा अनौठो तरङ्ग ल्याएको थियो । ‘ए, त्यो ? त्यो त सामान्य हो । कस्ता कस्ता योजना बन्थे । प्रचण्डले भनेको ठीक हो ।’ – मैले प्रसंग निकाल्ने बित्तिकै ऊ प्रचण्डको पक्ष लिन्छ -’मेन -सायद मुख्य भनेको होला) छापामार त्यत्ति त हो नि । एउटैले भ्याउनुपथ्र्यो पूर्व पश्चिम सबै ।’  मेरो जिज्ञासा थपिन्छ – ‘अनि हतियार ? प्रचण्डले त खोलाले बगायो भन्थे एकताका ।’  मैले चलाएको हतियार प्रमाणीकरण भएकै छैन, त्यस्तो हतियार त सबै ‘डम्प’ भएको छ ।’ उसले त्यसताका चलाएका हतियार नेपाली सेनाको भन्दा राम्रा भएको पनि दावा गर्‍यो । तर किन डम्प गरियो तहतियार? के फेरी युद्ध हुदैंछ र यो देशमा । मेरो मन भन्छ – हे भगवान् अव यस्तो नहोस् ।

‘मान्छे पनि मार्नु भयो ?’ – प्रश्न ।  ‘दुश्मनको सफाया गर्न हिडेको छापामार अगाडी बढेपछि कि मार्छ कि मर्छ ।’ – उत्तर । ‘एकोहोरो बनाउने ड्रग्स युज हुन्थ्यो । एकदिन लडाई लडे बम र गोलीको आवाजले सात दिन कान सुनिन्नथ्यो । हामी त कानमा रुवा राख्थ्यौ । अनि इशाराले कुरा हुन्थ्यो ।’ ऊ युद्धका कहानी सगर्व सुनाउंदै जान्छ – ‘भित्रबाटै लिक हुने डरले आक्रमणको ‘मिशन’ बेलुका मात्रै ‘एक्सपोज’ हुन्थ्यो । बिजय पछि भोज र समिक्षा हुन्थ्यो, त्यहाँ गोली र लासको हिसाब बुझाउनु पथ्र्यो ।’

मान्छेले मान्छेलाई मार्न कसरी सकेको होला ? बिपक्षी घाइते, असैनिक, युद्धमा भाग नलिएकाहरुको मैले युद्धताका निर्मम हत्याका घटना पनि सुनेको थिएं । ‘किन त्यसो गरेको ?’ – उसले कहिल्यै यस्तो हत्यामा सहभागी नभएको बतायो । ‘हामी त यु आकारमा आक्रमण गथ्र्यौ । लडाईमा भाग लिन नचाहने दुश्मनहरुलाई भाग्ने बाटो पनि छोडिदिन्थ्यौ ।’ – ऊ प्रष्टीकरण दिन्छ ।   सुरक्षाफौजको क्याम्पमा त काँडेतार लगाइएको हुन्छ । त्यहाँ धराप हुन्छ । माइन बिच्छ्याइएको हुन्छ । घाँस काट्न, दाउरा खोज्न गएका गाऊतिरका मान्छे धरापमा परेको समाचार अझै सुनिन्छन् । छापामारहरु राती कसरी आक्रमण गर्थे त ? ‘नक्सा हुन्थ्यो नि । नक्सामा सबै हुथ्यो ?’ अनि बिपक्षीको त्यो नक्सा कहाँबाट हातमा पथ्र्यो ? – ‘भित्रैबाट । हाम्रा मान्छे भित्र पनि हुन्थे । नक्शा मात्रै होइन सुचना पनि आउथ्यो । हाम्रो पनि सुचना लिक हुन्थ्यो । उता पनि त दाजुभाई हुन्थे, आफन्तलाई त कहाँ मार्नु त ?’ त्यसो भए मारिएका झण्डै १५ हजार नेपाली कसैका पनि आफन्त थिएनन् ? जवाफ छैन ।

ऊ भन्छ – ‘सबै छापामारलाई ग्याष्ट्रिक छ । खान पाए पो । एक दिन खाएर सात दिन खान नपाइने अवस्था पनि थियो । खानेकुरा सकिएपछि अछामको एक लेकमा एकपल्ट हामीले पनि सात दिन सातु चाटेर बितायौं ।’  म सोध्छु – नखाई नखाई किन यत्रो लगानी ?  ‘जनताको मुक्तिको लागि ।’  अनि भए त जनता मुक्त ? प्रचण्डले त राजिनामा दिए सरकारबाट । ‘जनता अझै पूरै मुक्त भएका छैनन् । सरकारलाई त असफल पार्न घेराबन्दी गरियो नि ।’ – अहिले उसको भनाई मलाई प्रचण्डको जस्तै लाग्छ । सायद सरकार चलाउन भन्दा क्रान्ती गर्दा कै दिनहरु मजाको मानेका थिए कि उनीहरुले ।

‘मलाई त क्रान्ति नै मन पर्छ । घरको एक्लो छोरो । हरेक पल मृत्यु अगाडी नाचिरहन्थ्यो । आमाबाबुलाई दिनदिनै रुवाएर के युद्ध लड्नु भनेर छोडेको ।’ – उसका कुरा सुनेर मेरो मनले मेसो पाउँछ – ‘ए यो त भूतपूर्व पो भै सकेछ ।’ ऊ कम्पनी कमाण्डर थियो रे छोड्नु अगाडी । तर बिचमै छोडेकाले युद्ध पछि गर्व गर्नुको तुक म देख्दिन । भित्रको सहमतिमै ऊ नेपाली सेनामा भर्ना हुन गयो । तर पेलान बढि भयो रे, अनि ज्यान पनि जोखिममा । ‘म छापममार भएको थाहा पाएको भए त मलाई मारिहाल्थे नि’ – ऊ त्यहाँ पनि भागेछ ।

उसले रातभरी आफूले युद्ध लड्दाका घटनाहरु बेलिबिस्तार लगाई रह्यो – प्रहरी चौकीहरु, सदरमुकामहरु आक्रमण, जुङ्गा थापाचौरमा सेनाको बमबारी, साथीको मृत्यु अनि यस्तै यस्तै । म भने केही समय अघि मैले गर्ने जागिरको क्रममा भेटेका एकल महिलाहरु, अनाथ बालबालिकाहरु, छोराछोरी गुमाएका आमाबाबुको अनुहार, भत्केका संरचना एक एक गर्दै सम्भिmरहेको थिएं । मलाई महसुस भै रहेको थियो -बास्तवमा युद्धमा कसैले नजित्ने रहेछ ।  म कतिखेर निदांएछु थाहा भएन ।

बिहान उठ्दा म सुतेको खाटको छेउमा ऊ थिएन ।