रामापिथेकसको देशबाट

दुई युवतीहरुले झगडा गरेछन् । त्यो झगडा प्रहरीसम्म पुगेछ । झगडाको कारण एक पुरुषलाई आफ्नो प्रेमी भएको दाबी गर्दै दुबै युवतीले आधिकारिकता खोज्दा भएको रहेछ । दुबै युवतीको प्रेमी यौटै भएको थाहा पाएर प्रहरीले त्यो प्रेमीलाई समेत झिकाएछ । बिवाद समाधान गर्न कुराकानी भै रहदां त्यो पुरुषमा आफ्नो मात्र अधिकार रहने दाबी गर्दै दुबै युवती प्रहरी कै अगाडी लुछालुछमै उत्रिएछन् । यसपछि तीनै जनालाई प्रहरीले स्थानीय अदालतमा उपस्थित गराएछ । अदालतले पुरुष र दुबै युवतीहरुलाई १५ दिन हिरासतमा राख्ने सजाय सुनाएछ । यो कुरा त्यो पुरुषको घरमा रहेकी श्रीमतिले थाहा पाइछन् र घरका सारा सामान बोकेर उनी अर्कै पुरुषसंग लागिछन् । जादांजादैं उनले पहिलो पुरुषबाट जन्मिएका नावालक तीन सन्तानलाई चांही पहिलो पतिकै घरमा छोडिदिइछन् । हिरासतबाट छुटेपछि दुबै युवतीले त्यो पुरुषलाई छोडेछन् ।

 

जाम्बियाको पूर्वी प्रान्तमा कटेटे नामको सुन्दर पहाडी जिल्ला छ । पूर्वी प्रान्तमा चर्चित Sanfransis अस्पताल यही जिल्लामा पर्छ । कटेटे गएका बेलामा Sanfransis अस्पतालका आइटि अफिसर सिम्बासंग चिनजान भएको थियो । त्यसको एक महिनापछि जर्ज कटेटे जांदा ‘सिम्बालाई मैले सम्झेको छु भनिदिनु है’ भनेको थिएं । जर्ज फर्केपछि सिम्बाको हिन्दी सिनेमाको दृश्यजस्तो यो खबर सुनेर म एकदम आश्चर्यचकित र स्तब्ध भएको थिएं । ‘त्यो सिम्बा पागल रहेछ’- मैले यसो भन्दा जर्जले भनेको थियो, ‘झगडा गरेर सार्बजनिक भएका सिम्बाका दुई जना मात्रै प्रेमिका हुन् । यस्तै अरु कति होलान् ।’ यहां त एकै पटकमा दश जनासम्म केटीहरुलाई एक पुरुषले प्रेमिकाको ब्यवहार गर्ने गरेको समेत पाइन्छ रे ।

 

एकपटक एकजना सहकर्मी एकदमै उदास थियो । उसको उदासीको कारण उसकी दिदीले गरेको ब्यवहार रहेछ । उसकी दिदीको बैवाहिक जीवन राम्रो भएन र उनी आफ्ना तीन छोरासहित माइतमै बस्न थालिन् । माइतीमा उनी र उनका नाबालक छोराका लागि माइतीले सुत्ने एक कोठा दिएका छन् रे । खाना चांही सयुक्त परिवारमै खान्छन् रे । सहकर्मीकी आमा अन्त गएको बेला उसकी दिदी कुनै एक पुरुषसंग आइछन् र आमाको कोठामा त्यस पुरुषसंग भित्रबाट ढोका लगाएर केही घन्टा बिताइछन् । केटाकेटीको जिज्ञासा त भैगयो, सहकर्मीका भतिजा-भतिजीहरुले झ्यालबाट चिहाएछन् र बेलुका सहकर्मीलाई घटनाको बर्णन गरेछन् । यो घटना बारम्बार दोहोरिन थालेपछि त्यो सहकर्मीलाई तनाव भएको रहेछ । ‘हामीले दिदीलाई छुट्टै कोठा दिएका छौं, आमाको कोठामा किन गएको होला, आमाले थाहा पाउनु भयो भने कत्ति नराम्रो मान्नु होला ।’- उसले भन्यो-’तिम्रो देशमा पनि यस्तो हुन्छ र मिस्टर भण्डारी ?’ मैले भनें-’मेरो देशमा यो कल्पना बाहिरको कुरा हो, हाम्रो देशमा यस्तो हुने त होइन, कसैले कल्पना पनि गर्दैन ।’

 

बिदेशी हुनाले यहांका मानिसहरुको म प्रतिको जिज्ञासा स्वभाविक हो । तर, मलाई तिनीहरुका प्रश्नले दिक्क बनाउंछन्, रिस उठाउंछन् र झिंजो लगाउंछन् किनभने यहांका मानिसहरुका प्रश्नहरु खाली बिवाह, प्रेम र यौनसंग मात्रै सम्बन्धित हुन्छन् । यहांका पुरुष र महिलाहरुको लागि प्रेम गर्नु भनेको लुगा फेर्नु जस्तै रहेछ ।  ६ महिना लगायो, अनि नयां खोज्यो । जस्तै बढिमा ६ महिना यौटासंग प्रेम गर्यो, अनि कपडा फेरे जस्तै प्रेमी/प्रेमिका फेर्‍यो । को संग प्रेम कति खेर हुन्छ र त्यसको अन्त्य कतिखेर हुन्छ, यहांका मानिसहरुलाई थाहा हुंदैन तर प्रेमिका वा प्रेमी बिहीन ब्यक्ति भने शंकाको दृष्टि हेरिन्छन् कुनै शारिरीक कमजोरी भएजस्तै ।

 

मलाई आश्चर्य लाग्ने यहांको अर्को पाटो भनेको १६ बर्ष भन्दा कम उमेरका गर्भवती  किशोरीहरु स्कूले पोशाकमा बिद्यालय गएको देखिनु हो । यहां बिवाह नगरी बच्चा जन्माउनु कुनै आश्चर्य होइन । त्यस्ता बच्चाको बाबु समेत कतिपय अवस्थामा थाहा हुदैन वा प्रेमी भनिएकाले स्वीकार गर्दैनन् । बच्चाको जन्मदर्ता जिल्ला कमिसार कार्यालयले गर्दो रहेछ, बच्चाको जन्मदर्ता गर्नु पर्ने कसैले आवश्यकता महसुस गरेको पाइएन, राज्यको पनि प्रोत्साहन गर्ने कुनै कार्यक्रम देखिएन । यो देशको औसत आयू ४० बर्ष छ, महिलाको अझ कम छ । सडकमा हिडेका हरेक तीन मध्ये दुई महिलाहरुको पिठ्यूमा बच्चा हुन्छ । तर, नेपाल भन्दा ५ गुणा ठूलो क्षेत्रफल भएको देशमा जन्मदर र मृत्युदर बराबरी भएकोले होला सायद जनसंख्या भने नेपालको भन्दा आधा मात्रै छ ।

 

हाम्रो देश गरिब छ । हाम्रो देश अशान्त छ तर मलाई लाग्छ हामी जाम्बियन भन्दा धेरै धनी छौं । हाम्रा सस्कृति, सामाजिकता, मुल्य र मान्यताहरु उत्कृष्ठ छन् जसले सामाजिक बिचलन रोक्न मद्दत गरिरहेका छन् । हुन त पांच हजार बर्ष पहिले नै एसियामा सभ्यताको बिकास भै सकेको  इतिहास छ, जतिबेला Africa पत्ता लागेकै थिएन । तर लाग्छ, अपि|mकाका केही देश अझै रामापिथेकसकै युगमा छन् । उनीहरु सभ्य हुन अझै केही शताब्दी कुर्नु पर्ने देखिन्छ ।

2 Responses to रामापिथेकसको देशबाट

  1. Jaya Budhathoki

    Sir Zambia ko katha sunera ekdam dukha lagyo epecially pregnant women ko barema. jo aarthik rup ma sabal 6ina tyo man6e naramra gatibidhitira lag6 vaneko yehi ho. thank you for sharing it

  2. sachi sathi jyu yo lekhle mn 6oyo mero mero mn bhitr ni i sb kura ubji raheko 6 yo padher t lagyo hjur le mero mnkai kura lekhnu bha jsto………. euta kura maile thaha pako tanzania ma mhila ko jnsnkhaya purush bhanda nikkai badhi 6 …………. sayad ahi astha sbai african country ko …… yso hunuma yo euta abstha pni ho jsto laga6…………

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s