म कार्यरत संस्थाको छेवैमा रहेको कार्यालयमा एक युवती काम गर्छिन् । हरेक दिन बिहान अफिस आउंदा उनीसित देखादेख र अभिवादन साटासाट हुन्छ । तर, उनलाई देखेको एक महिनामा म उनको कपालप्रति अति नै जिज्ञासु थिएं । किनभने, एक महिनाको अवधिमा उनको कपालले चार पटक स्वरुप फेरिसकेको थियो । पहिलो पटक देख्दा, उनको सुनौलो रंगको कपाल सनपाटको डोरी बाटे जस्तो बाटिएको थियो । अर्को हप्ता उनको कपाल थाई कट स्टाइलमा थियो, एकदमै सिल्की र कालो । तेश्रो पटक उनको कपाल घोडाको जगर जस्तो ठाडो पारिएको थियो । एउटै मान्छेको कपाल कसरी यस्तो भयो होला, कति मेहेनत गर्न सकेको होला, किन यस्तो बनाएको होला, मेरो मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक थियो ।
एकदिन तिनै युवती एकजना सहकर्मीलाई सोध्दै मेरो कार्यकक्षमा आइन् । त्यतिबेला उनले खोजेकी सहकर्मी कार्यालयमा थिइनन् । ‘आएपछि तिमीले खोजेको खबर सुनाई दिउंला’, मैले यति भनेपछि उनी गइन् । सहकर्मी आएपछि मैले छेउको अफिसकी एक युवती उनलाई खोज्दै आएको कुरा सुनाएं । उनले सोधिन्- ‘को युवती ?’ मलाई ती युवतीको नाम त्यसबेलासम्म थाहा थिएन । मेरो मुखबाट फुत्त निस्कियो, ‘एरियल लेडी ।’ मेरो सहकर्मीले छक्क पर्दै प्रश्न गरिन् – ‘एरियल लेडी भनेको को हो ?’ मैले भनें, – ‘टाउका भरि मोबाइलका टावर जस्तै एरियल बनाएकी क्या, मलाई त्यसको नाम थाहा छैन ।’ उनी जोडले हांसिन्, अनि म पनि हांसे । ‘तिम्रो मोबाइलमा त नेटवर्क समस्या छैन होला है,’ एक भेटमा ति युवतीलाई मैले जिस्क्याएं । ‘किन’- उनको प्रश्न आउंदै गर्दा मैले भनें, -’तिम्रो टाउको भरी मोबाइलका टावरजस्ता एरियल ठडिएका छन् ।’ मैले यसो भन्दा उनले हांसो थाम्न सकिनन् र जोड जोडले हांस्न थालिन् म भने आफ्नो कार्यकक्ष तिर लागें ।
शारिरीक हिसाबले पुरुष बनावट भएको तर स्वच्छाले युवती जस्तो भएर हिड्ने एकजनाको पहिरनलाई लिएर -’जो संग केही छैन, त्यसैले देखाउन खोज्छ’ भनेर म नेपालगञ्जमा हुंदा मेरा साथीहरु बिच एक चर्चा हुन्थ्यो । यो कथा त यहां पनि लागु हुदो रहेछ । ती एरियल लेडीले बनाउने कपालका सबै स्वरुपमा नक्कली कपाल पो प्रयोग हुदों रहेछ । एरियल लेडीका टाउकामा कपालका नाममा कालोपत्रे सडक किनारमा उमि्रएको दुबो जति मात्रै रहेछ, अति त नक्कली कपाल जस्तो लगाएपनि भयो, जस्तो बनाएपनि भयो ।
अपि|mकाका मान्छेहरुको कपाल किन घुमि्रएको हुन्छ भनेर त यस अघिकै लेखमा चर्चा भै सक्यो, पुरानो कुरालाई के दोहोर्याउनु, अब प्रंसग कपाल थरी-थरीका । अपि|mकनहरु कपालका मामलामा एकदमै गरिब हुंदा रहेछन् । तिनको कपाल एकदमै बाक्लो गरि आउंदो रहेछ र निस्कन पाएको छैन, घुमि्रएर गुजुल्टो पर्ने । त्यसैले पुरुषहरु आधा इन्च जति लामो हुन नपाउंदै चिन्डे भै हाल्दा रहेछन् । सबै हजामहरुले टाउको चिन्डे बनाउने मेसिन राखेका हुंदा रहेछन् । अनि खुर्पाले दुबो खुर्किएजस्तै मेसिनले अपि|mकन टाउको मुडुल्याउंदो रहेछ । सबै अपि|mकन पुरुषहरु चिन्डे हुनुको रहस्य यो रहेछ । महिलाहरुको कपाल पनि त्यसै गरि आउंदो रहेछ, स्कूले वालिकाहरु त्यस्तो कपाललाई मसिनो धागोले लहरमा सिनित्त पारेर बांध्दा रहेछन्, यसो गर्दा उनीहरुको टाउको धान रोप्न ठिक्क पारेको खेतको गह्रा जस्तै देखिन्छ । कोहीले भने तेल -वा यस्तै केही) लगाएर ठाडो बनाउंदा रहेछन् र कसैले चांही रोप्न ठिक्क पारिएको धानको बिउका मुठा जस्तै साना साना मुठा बनाएर धागोले बांध्दा रहेछन् । कोहीले भने पुरुषले जस्तै मुडुल्याउंदा रहेछन् । जवान भै सकेपछि चांही महिलाहरु आफ्नो कपाल राम्रो बनाउन अथक प्रयास गर्दा रहेछन्, एरियल लेडीले जस्तै ।
यो त भयो अपि|mकनहरुको कपालको कथा । मेरो कपालको कथा फेरी छुट्टै छ । म बस्ने ‘मायाडी कम्पाउण्ड’ का बालवालिकाहरु मेरो कपाल सुम्सुम्याएर अचम्म मान्थे । मेरो नरम कपाल छोएर उनीहरुलाई अचम्म लागेको थियो भने मलाई पनि उनीहरुको घुमि्रलो, बाक्लो र कडा कपाल छुंदा अचम्म लाग्थ्यो । मैले यहां पहिलो पटक कपाल कटाएर पैसा तिरिसकेपछि प्रकाश दाईले सुनाएको यौटा किस्सा सम्भिmंए । प्रकाशदाई बिदेशमा हुंदा एक भारतीय पनि संगै बस्थ्यो रे । एक दिन २५ डलर तिरेर कपाल कटाएर आएपछि त्यो भारतीयले प्रकाशदाईसंग भनेछ -’यहां सर (टाउको) कटवाना आसान है, वाल कटवाना नहीं ।’
म यहां आएको दुई महिना पछि कपाल काट्नु पर्ने महसुस हुन थाल्यो । म बसेको सहर पेटाउकेमा सारा खोज्दा पनि कैंची चलाउन जान्ने र कैंची भएको हजाम भेटिएन । यहां चिने जानेका सबैलाई मेरो कपाल काट्नु छ, हजाम खोजिदेऊ भनें । कसैले कैचीं चलाउन जान्ने हजाम भेटेन । इन्डियनले कहां कपाल काट्दा रहेछन् भनेर सोध्ने गएं । इन्डियनहरु त घरमै एकले अर्काको कपाल पो काट्दा रहेछन् । निधारमाथिको कपाल झरेर सिद्दिन लागेपनि मेरो कपालले दुई तिरका कान छोप्न आटिंसकेको थियो तर हजाम भेटिएन । यौटा इन्डियनले लुसाकामा इन्डियन हजाम भएको बतायो । म पनि जे परे परोस् भनेर म बसेको ठाउंबाट एकतर्फी झण्डै १६ सय नेपाली रुपैया गाडी भाडा लाग्ने लुसाकातिर हांनिए । लुसाकामा कपाल काट्ने पसल खोलेर बसेको एक इन्डियन भेटियो । त्यसैले काटिदियो मेरो कपाल । पैसा तिर्ने बेलामा मैले -’कितने रुपयें दू?’ भनेर सोधेंछु । उसले भन्यो, ‘यहां रुपिया नहि चल्ता भाइजान, २५ हजार क्वाचा दे दो ।’ ‘२५ हजार क्वाचा’ भनेको सुनेर पहिले त मजाक पो गरेछ कि जस्तो लाग्यो, ५० हजारको नोट निकालेर दिएको त उसले २५ हजार मात्रै फिर्ता दियो । अनि थाहा भयो कपाल काट्न कत्तिको महंगो रहेछ जाम्बियामा भनेर । झण्डै चारसय नेपाली रुपैयाको कपाल कटाइपछि भने दुई महिनालाई आनन्द भयो ।
