Monthly Archives: June 2011

नक्कली रहेछ, कपाल तिम्रो

म कार्यरत संस्थाको छेवैमा रहेको कार्यालयमा एक युवती काम गर्छिन् । हरेक दिन बिहान अफिस आउंदा उनीसित देखादेख र अभिवादन साटासाट हुन्छ । तर, उनलाई देखेको एक महिनामा म उनको कपालप्रति अति नै जिज्ञासु थिएं । किनभने, एक महिनाको अवधिमा उनको कपालले चार पटक स्वरुप फेरिसकेको थियो । पहिलो पटक देख्दा, उनको सुनौलो रंगको कपाल सनपाटको डोरी बाटे जस्तो बाटिएको थियो । अर्को हप्ता उनको कपाल थाई कट स्टाइलमा थियो, एकदमै सिल्की र कालो । तेश्रो पटक उनको कपाल घोडाको जगर जस्तो ठाडो पारिएको थियो । एउटै मान्छेको कपाल कसरी यस्तो भयो होला, कति मेहेनत गर्न सकेको होला, किन यस्तो बनाएको होला, मेरो मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक थियो ।

एकदिन तिनै युवती एकजना सहकर्मीलाई सोध्दै मेरो कार्यकक्षमा आइन् । त्यतिबेला उनले खोजेकी सहकर्मी कार्यालयमा थिइनन् । ‘आएपछि तिमीले खोजेको खबर सुनाई दिउंला’, मैले यति भनेपछि उनी गइन् । सहकर्मी आएपछि मैले छेउको अफिसकी एक युवती उनलाई खोज्दै आएको कुरा सुनाएं । उनले सोधिन्- ‘को युवती ?’ मलाई ती युवतीको नाम त्यसबेलासम्म थाहा थिएन । मेरो मुखबाट फुत्त निस्कियो, ‘एरियल लेडी ।’ मेरो सहकर्मीले छक्क पर्दै प्रश्न गरिन् – ‘एरियल लेडी भनेको को हो ?’ मैले भनें, – ‘टाउका भरि मोबाइलका टावर जस्तै एरियल बनाएकी क्या, मलाई त्यसको नाम थाहा छैन ।’ उनी जोडले हांसिन्, अनि म पनि हांसे । ‘तिम्रो मोबाइलमा त नेटवर्क समस्या छैन होला है,’ एक भेटमा ति युवतीलाई मैले जिस्क्याएं । ‘किन’- उनको प्रश्न आउंदै गर्दा मैले भनें, -’तिम्रो टाउको भरी मोबाइलका टावरजस्ता एरियल ठडिएका छन् ।’ मैले यसो भन्दा उनले हांसो थाम्न सकिनन् र जोड जोडले हांस्न थालिन् म भने आफ्नो कार्यकक्ष तिर लागें ।

शारिरीक हिसाबले पुरुष बनावट भएको तर स्वच्छाले युवती जस्तो भएर हिड्ने एकजनाको पहिरनलाई लिएर -’जो संग केही छैन, त्यसैले देखाउन खोज्छ’ भनेर म नेपालगञ्जमा हुंदा मेरा साथीहरु बिच एक चर्चा हुन्थ्यो । यो कथा त यहां पनि लागु हुदो रहेछ । ती एरियल लेडीले बनाउने कपालका सबै स्वरुपमा नक्कली कपाल पो प्रयोग हुदों रहेछ । एरियल लेडीका टाउकामा कपालका नाममा कालोपत्रे सडक किनारमा उमि्रएको दुबो जति मात्रै रहेछ, अति त नक्कली कपाल जस्तो लगाएपनि भयो, जस्तो बनाएपनि भयो ।

अपि|mकाका मान्छेहरुको कपाल किन घुमि्रएको हुन्छ भनेर त यस अघिकै लेखमा चर्चा भै सक्यो, पुरानो कुरालाई के दोहोर्याउनु, अब प्रंसग कपाल थरी-थरीका । अपि|mकनहरु कपालका मामलामा एकदमै गरिब हुंदा रहेछन् । तिनको कपाल एकदमै बाक्लो गरि आउंदो रहेछ र निस्कन पाएको छैन, घुमि्रएर गुजुल्टो पर्ने । त्यसैले पुरुषहरु आधा इन्च जति लामो हुन नपाउंदै चिन्डे भै हाल्दा रहेछन् । सबै हजामहरुले टाउको चिन्डे बनाउने मेसिन राखेका हुंदा रहेछन् । अनि खुर्पाले दुबो खुर्किएजस्तै मेसिनले अपि|mकन टाउको मुडुल्याउंदो रहेछ । सबै अपि|mकन पुरुषहरु चिन्डे हुनुको रहस्य यो रहेछ । महिलाहरुको कपाल पनि त्यसै गरि आउंदो रहेछ, स्कूले वालिकाहरु त्यस्तो कपाललाई मसिनो धागोले लहरमा सिनित्त पारेर बांध्दा रहेछन्, यसो गर्दा उनीहरुको टाउको धान रोप्न ठिक्क पारेको खेतको गह्रा जस्तै देखिन्छ । कोहीले भने तेल -वा यस्तै केही) लगाएर ठाडो बनाउंदा रहेछन् र कसैले चांही रोप्न ठिक्क पारिएको धानको बिउका मुठा जस्तै साना साना मुठा बनाएर धागोले बांध्दा रहेछन् । कोहीले भने पुरुषले जस्तै मुडुल्याउंदा रहेछन् । जवान भै सकेपछि चांही महिलाहरु आफ्नो कपाल राम्रो बनाउन अथक प्रयास गर्दा रहेछन्, एरियल लेडीले जस्तै ।

यो त भयो अपि|mकनहरुको कपालको कथा । मेरो कपालको कथा फेरी छुट्टै छ । म बस्ने ‘मायाडी कम्पाउण्ड’ का बालवालिकाहरु मेरो कपाल सुम्सुम्याएर अचम्म मान्थे । मेरो नरम कपाल छोएर उनीहरुलाई अचम्म लागेको थियो भने मलाई पनि उनीहरुको घुमि्रलो, बाक्लो र कडा कपाल छुंदा अचम्म लाग्थ्यो । मैले यहां पहिलो पटक कपाल कटाएर पैसा तिरिसकेपछि प्रकाश दाईले सुनाएको यौटा किस्सा सम्भिmंए । प्रकाशदाई बिदेशमा हुंदा एक भारतीय पनि संगै बस्थ्यो रे । एक दिन २५ डलर तिरेर कपाल कटाएर आएपछि त्यो भारतीयले प्रकाशदाईसंग भनेछ -’यहां सर (टाउको) कटवाना आसान है, वाल कटवाना नहीं ।’

म यहां आएको दुई महिना पछि कपाल काट्नु पर्ने महसुस हुन थाल्यो । म बसेको सहर पेटाउकेमा सारा खोज्दा पनि कैंची चलाउन जान्ने र कैंची भएको हजाम भेटिएन । यहां चिने जानेका सबैलाई मेरो कपाल काट्नु छ, हजाम खोजिदेऊ भनें । कसैले कैचीं चलाउन जान्ने हजाम भेटेन । इन्डियनले कहां कपाल काट्दा रहेछन् भनेर सोध्ने गएं । इन्डियनहरु त घरमै एकले अर्काको कपाल पो काट्दा रहेछन् । निधारमाथिको कपाल झरेर सिद्दिन लागेपनि मेरो कपालले दुई तिरका कान छोप्न आटिंसकेको थियो तर हजाम भेटिएन । यौटा इन्डियनले लुसाकामा इन्डियन हजाम भएको बतायो । म पनि जे परे परोस् भनेर म बसेको ठाउंबाट एकतर्फी झण्डै १६ सय नेपाली रुपैया गाडी भाडा लाग्ने लुसाकातिर हांनिए । लुसाकामा कपाल काट्ने पसल खोलेर बसेको एक इन्डियन भेटियो । त्यसैले काटिदियो मेरो कपाल । पैसा तिर्ने बेलामा मैले -’कितने रुपयें दू?’ भनेर सोधेंछु । उसले भन्यो, ‘यहां रुपिया नहि चल्ता भाइजान, २५ हजार क्वाचा दे दो ।’ ‘२५ हजार क्वाचा’ भनेको सुनेर पहिले त मजाक पो गरेछ कि जस्तो लाग्यो, ५० हजारको नोट निकालेर दिएको त उसले २५ हजार मात्रै फिर्ता दियो । अनि थाहा भयो कपाल काट्न कत्तिको महंगो रहेछ जाम्बियामा भनेर । झण्डै चारसय नेपाली रुपैयाको कपाल कटाइपछि भने दुई महिनालाई आनन्द भयो ।

जाम्बियनहरुको दशैं

यहांको सरकारी दैनिक जाम्बियन डेली मेलको अंग्रेजी नयां बर्षको पहिलो अंकमा यौटा फोटो छापिएको थियो । यौटा मान्छेले डिसेम्बर ३१ का दिन नयांबर्षको उपलक्ष्यमा थामिन नसक्ने गरि रक्सी खाएछ र रेलको लिकमा लडेछ, उठ्न खोजिरहेको तर नसकिरहेको त्यस ब्यक्तिको फोटो तल क्याप्सन लेखिएको थियो -’ह्याप्पी न्यू इयर २०११’ । यो फोटो र क्याप्सनले जाम्बियनहरुका लागि रक्सी कत्तिको प्यारो रहेछ भन्ने बुझ्न सजिलो भएको थियो ।

नेपालीमा ‘त्यसलाई त दशैं आएको छ’ भनियो भने, त्यो ब्यक्ति मस्तीमा छ, कमाउने धन्दामा ब्यस्त छ अथवा त्यसको जीवनमा शुभलाभ हुदैंछ भन्ने बुझिन्छ । यस अर्थमा अहिले जाम्बियनहरुलाई दशैं लागेको छ । किसानहरुले बाली भित्राउने समय छ । मे र जुन महिनामा यहांको मुख्य बाली मकै तयार हुदों रहेछ । बजारमा थपिएका सामान, सडक छेउमा चटक देखाइरहेका मानिसहरु, रक्सी खाएर जताततै लडिरहेका मानिस, रक्सीका पसल वरिपरीको भीड र नयां कपडा लगाएर बजारतिर घुमिरहेका महिला पुरुषहरुको लस्करले जाम्बियामा दशैं आएको मलाई महसुस हुदैंछ । त्यसमाथि मन्द र सितल हावा, बिहान बेलुकाको हल्का चिसो मौसमले त झन नेपाली र जाम्बियन दशैंको फ्युजन भएको जस्तो लागिरहेको छ ।

‘African हरुले खल्तीको पैसा नसकियुन्जेल रक्सी खान्छन्’- केन्याली साथी प्रेष्टनले भनेको मलाई सम्झना आउंछ । बिना जानकारी सोमबार अफिसमा कोही आएन भने त्यो अघिल्लो दिनको रक्सीको ह्यांगओभरबाट उठ्न सकेनछ भन्ने अनुमान लगाइदो रहेछ । किसानहरुसंग पैसा हुने मौसम हो यो । त्यसैले ब्यापारीहरुले बिभिन्न स्कीमहरु निकालेका छन् । मोवाइल सेट, बिद्युतीय सामान, पेय पदार्थ लगायतका धेरै घरायसी प्रयोगका बस्तुमा छुट दिएर ग्राहक तानिरहेका छन् । गाडामा लादेर मकै बेच्न बजार आएकाहरु रक्सीको मातले बस्न नसकेर सुतेर गाडा हांकिरहेको पनि देखिन्छ । ‘पैसा डबल, पैसा डबल’ भन्दै सडक किनारमा चटक देखाउनेहरुको अगाडी भीड बढिरहेको छ । चटकेहरुको पैसा डबल बनाइदिने लोभलाग्दो बिज्ञापनमा भुलेर किसानहरु बेÏवाँकमा पैसा लुटाइरहेको पनि देखिन्छ । प्रति ५० केजी बोराको अहिले २५ हजार क्वाचामा ब्यापारीहरुले किसानबाट मकै उठाइरहेका छन् । यो बर्ष चुनाव हुने हुनाले सरकारले बढि भाउ दिएर मकै किन्ने अनुमान ब्यापारीहरुको छ । सरकारले नै मिल सञ्चालन गरेकाले त्यसको कच्चा पदार्थ मकै यस बर्ष प्रति ५० केजी बोराको ७५ हजार क्वाचासम्ममा किन्ने ब्यापारीहरुले अनुमान गरेका छन् ।

सबै जाम्बियनहरु एकै प्रकारका हुन्छन् भन्न मिल्दैन । यहां मैले केही आदर्श परिवार पनि देखेको छु । मसंगैको  Flant ma बस्ने मिस्टर समेण्डे र उनको परिवार जाम्बियन परम्परा भन्दा फरक छ । समेण्डे एक बहुराष्ट्रिय कम्पनीका प्रवन्धक छन् । उनले ट्रक किनेर भाडामा लगाएका छन्, जग्गा भाडामा लिएर खेती गरेका छन् । उनकी श्रीमति कम्प्युटर बिज्ञानमा स्नातक हुन् र आफ्नै ब्यवसाय सञ्चालन गरेकी छिन् । छोरीलाई आवासीय कन्या बिद्यालयमा पढाएका छन् । किसानहरुसंग उनीहरुले मकै किनेर राखेका छन् र सरकारलाई बढेको मुल्यमा बेचेर नाफा कमाउने सुरमा छन् । उनीहरुका तीन सन्तान सबै बिद्यालय जान्छन्, रक्सी खाएर बवाल गरेको थाहा छैन । मेरो एक सहकर्मी मकै किनेर राख्ने, त्यो बेचेर नयां कार किन्ने योजनामा छ । हालै रिचार्डको घरमा जांदा मकैका तीन अग्ला पहाड देखेर म छक्क परेको थिएं । उसले आफ्नो श्रीमति र आफ्नो छुट्टाछुट्टै मकैको पहाड लगाएको थियो । उसले मकैको पहाडहरुतिर देखाउंदै भनेको थियो-’मेरी श्रीमतिको बर्षभरीको ब्यक्तिगत आवश्यकता पूरा गर्ने र घरखर्च चलाउने पैसा यो बेचेर आउंछ, मेरो चांही यसबाट ।’

किसानहरु मकै उत्पादन हुने बित्तिकै बेचेर घरखर्च टार्छन् र ऋण तिर्छन् । ब्यापारीहरु, खासमा भारतीय मूलका ब्यापारीहरु किसानबाट उठाएको मकैको भाउ कुरेर बसिरहेका हुन्छन् र नाफा आउने बित्तिकै बेच्ने गर्दछन् । बर्षभरि मेहेनत गरेर फलाएको अन्न सस्तैमा बेचेर आएको पैसा धेरैजसो किसानको रक्सी र मोजमस्तीमा खर्च हुन्छ । कति त, घर फर्किदा खाली हात नै पुग्ने गर्छन् । आर्थिक क्रियाकलापमा महिलाको सहभागिता नहुने हुनाले कमाई सबै पुरुषको नियन्त्रणमा हुन्छ र त्यो कहां के मा खर्च गर्ने भन्ने निर्णय पनि पुरुषले नै गर्छ । यसले गर्दा महिलाको सक्रिय सहभागितामा प्राप्त हुने आम्दानीमा उनीहरुको कुनै अधिकार हुदैंन । यसले घरायसी आवश्यकता पूरा गर्न महिलालाई थप श्रम गर्नु पर्दछ । मानिसहरुमा शैक्षिक चेतनाको कमीले पनि ‘म किन गरिब भएं?’ भनेर महसुस गर्ने क्षमता भएको देखिदैंन । त्यसले जति नै अन्न फलाएपनि, मे र जुन महिना पछि किसानहरुको दशैं सकिन्छ र दशा सुरु हुन्छ । यो कथा नेपालमा पनि लागु हुन्छ । त्यसैले, सायद, गरिब र बिकासोन्मुख सबै देशका किसानहरुको कथा यौटै होला ।

रामापिथेकसको देशबाट

दुई युवतीहरुले झगडा गरेछन् । त्यो झगडा प्रहरीसम्म पुगेछ । झगडाको कारण एक पुरुषलाई आफ्नो प्रेमी भएको दाबी गर्दै दुबै युवतीले आधिकारिकता खोज्दा भएको रहेछ । दुबै युवतीको प्रेमी यौटै भएको थाहा पाएर प्रहरीले त्यो प्रेमीलाई समेत झिकाएछ । बिवाद समाधान गर्न कुराकानी भै रहदां त्यो पुरुषमा आफ्नो मात्र अधिकार रहने दाबी गर्दै दुबै युवती प्रहरी कै अगाडी लुछालुछमै उत्रिएछन् । यसपछि तीनै जनालाई प्रहरीले स्थानीय अदालतमा उपस्थित गराएछ । अदालतले पुरुष र दुबै युवतीहरुलाई १५ दिन हिरासतमा राख्ने सजाय सुनाएछ । यो कुरा त्यो पुरुषको घरमा रहेकी श्रीमतिले थाहा पाइछन् र घरका सारा सामान बोकेर उनी अर्कै पुरुषसंग लागिछन् । जादांजादैं उनले पहिलो पुरुषबाट जन्मिएका नावालक तीन सन्तानलाई चांही पहिलो पतिकै घरमा छोडिदिइछन् । हिरासतबाट छुटेपछि दुबै युवतीले त्यो पुरुषलाई छोडेछन् ।

 

जाम्बियाको पूर्वी प्रान्तमा कटेटे नामको सुन्दर पहाडी जिल्ला छ । पूर्वी प्रान्तमा चर्चित Sanfransis अस्पताल यही जिल्लामा पर्छ । कटेटे गएका बेलामा Sanfransis अस्पतालका आइटि अफिसर सिम्बासंग चिनजान भएको थियो । त्यसको एक महिनापछि जर्ज कटेटे जांदा ‘सिम्बालाई मैले सम्झेको छु भनिदिनु है’ भनेको थिएं । जर्ज फर्केपछि सिम्बाको हिन्दी सिनेमाको दृश्यजस्तो यो खबर सुनेर म एकदम आश्चर्यचकित र स्तब्ध भएको थिएं । ‘त्यो सिम्बा पागल रहेछ’- मैले यसो भन्दा जर्जले भनेको थियो, ‘झगडा गरेर सार्बजनिक भएका सिम्बाका दुई जना मात्रै प्रेमिका हुन् । यस्तै अरु कति होलान् ।’ यहां त एकै पटकमा दश जनासम्म केटीहरुलाई एक पुरुषले प्रेमिकाको ब्यवहार गर्ने गरेको समेत पाइन्छ रे ।

 

एकपटक एकजना सहकर्मी एकदमै उदास थियो । उसको उदासीको कारण उसकी दिदीले गरेको ब्यवहार रहेछ । उसकी दिदीको बैवाहिक जीवन राम्रो भएन र उनी आफ्ना तीन छोरासहित माइतमै बस्न थालिन् । माइतीमा उनी र उनका नाबालक छोराका लागि माइतीले सुत्ने एक कोठा दिएका छन् रे । खाना चांही सयुक्त परिवारमै खान्छन् रे । सहकर्मीकी आमा अन्त गएको बेला उसकी दिदी कुनै एक पुरुषसंग आइछन् र आमाको कोठामा त्यस पुरुषसंग भित्रबाट ढोका लगाएर केही घन्टा बिताइछन् । केटाकेटीको जिज्ञासा त भैगयो, सहकर्मीका भतिजा-भतिजीहरुले झ्यालबाट चिहाएछन् र बेलुका सहकर्मीलाई घटनाको बर्णन गरेछन् । यो घटना बारम्बार दोहोरिन थालेपछि त्यो सहकर्मीलाई तनाव भएको रहेछ । ‘हामीले दिदीलाई छुट्टै कोठा दिएका छौं, आमाको कोठामा किन गएको होला, आमाले थाहा पाउनु भयो भने कत्ति नराम्रो मान्नु होला ।’- उसले भन्यो-’तिम्रो देशमा पनि यस्तो हुन्छ र मिस्टर भण्डारी ?’ मैले भनें-’मेरो देशमा यो कल्पना बाहिरको कुरा हो, हाम्रो देशमा यस्तो हुने त होइन, कसैले कल्पना पनि गर्दैन ।’

 

बिदेशी हुनाले यहांका मानिसहरुको म प्रतिको जिज्ञासा स्वभाविक हो । तर, मलाई तिनीहरुका प्रश्नले दिक्क बनाउंछन्, रिस उठाउंछन् र झिंजो लगाउंछन् किनभने यहांका मानिसहरुका प्रश्नहरु खाली बिवाह, प्रेम र यौनसंग मात्रै सम्बन्धित हुन्छन् । यहांका पुरुष र महिलाहरुको लागि प्रेम गर्नु भनेको लुगा फेर्नु जस्तै रहेछ ।  ६ महिना लगायो, अनि नयां खोज्यो । जस्तै बढिमा ६ महिना यौटासंग प्रेम गर्यो, अनि कपडा फेरे जस्तै प्रेमी/प्रेमिका फेर्‍यो । को संग प्रेम कति खेर हुन्छ र त्यसको अन्त्य कतिखेर हुन्छ, यहांका मानिसहरुलाई थाहा हुंदैन तर प्रेमिका वा प्रेमी बिहीन ब्यक्ति भने शंकाको दृष्टि हेरिन्छन् कुनै शारिरीक कमजोरी भएजस्तै ।

 

मलाई आश्चर्य लाग्ने यहांको अर्को पाटो भनेको १६ बर्ष भन्दा कम उमेरका गर्भवती  किशोरीहरु स्कूले पोशाकमा बिद्यालय गएको देखिनु हो । यहां बिवाह नगरी बच्चा जन्माउनु कुनै आश्चर्य होइन । त्यस्ता बच्चाको बाबु समेत कतिपय अवस्थामा थाहा हुदैन वा प्रेमी भनिएकाले स्वीकार गर्दैनन् । बच्चाको जन्मदर्ता जिल्ला कमिसार कार्यालयले गर्दो रहेछ, बच्चाको जन्मदर्ता गर्नु पर्ने कसैले आवश्यकता महसुस गरेको पाइएन, राज्यको पनि प्रोत्साहन गर्ने कुनै कार्यक्रम देखिएन । यो देशको औसत आयू ४० बर्ष छ, महिलाको अझ कम छ । सडकमा हिडेका हरेक तीन मध्ये दुई महिलाहरुको पिठ्यूमा बच्चा हुन्छ । तर, नेपाल भन्दा ५ गुणा ठूलो क्षेत्रफल भएको देशमा जन्मदर र मृत्युदर बराबरी भएकोले होला सायद जनसंख्या भने नेपालको भन्दा आधा मात्रै छ ।

 

हाम्रो देश गरिब छ । हाम्रो देश अशान्त छ तर मलाई लाग्छ हामी जाम्बियन भन्दा धेरै धनी छौं । हाम्रा सस्कृति, सामाजिकता, मुल्य र मान्यताहरु उत्कृष्ठ छन् जसले सामाजिक बिचलन रोक्न मद्दत गरिरहेका छन् । हुन त पांच हजार बर्ष पहिले नै एसियामा सभ्यताको बिकास भै सकेको  इतिहास छ, जतिबेला Africa पत्ता लागेकै थिएन । तर लाग्छ, अपि|mकाका केही देश अझै रामापिथेकसकै युगमा छन् । उनीहरु सभ्य हुन अझै केही शताब्दी कुर्नु पर्ने देखिन्छ ।