Monthly Archives: May 2008

सुमधुर नेपाली गजलहरु

 

fateको मन खुशीले सिलाउने

सपना झैं थियो आउने बिलाउने

 
यो बन्धन, बन्धन अझैं बन्धन

रहर छ मुक्तिको गीत गाउने

म जितौंला या बिलाउंला माटोमा
तिमी योद्धा हौ यो झण्डा फहराउने

यो बिहानीको प्रतिक्षा हो साथी

कालो रात हटेर स्वतन्त्रता उदाउने
 
खसे मोति दाना सांचे पानी पानी

लेखे पि्रत बन्ला सुनाए कहानी

बनें तेल कैले बने बाति आफै

जल्यो रात भर दीप भएछ विहानी

जोगी पो भएछौ भुलेर जगत

घस्यौ नि मलाई बनाइ खरानी

भयो सून्य सून्य न केहि वाकी छ

न टेक्ने छ भूमि न ढुंगो सिरानी

 

सपनाकै संसार जस्वन भरि

अस्त व्यस्त घरवार जीवन भरि

कति कमजोर भएंछु प्रेममा

सवै कल्पना निराधार जीवन भरि

प्यास अथाह मन भित्र

खोजी हिडे सागर जीवन भरि

फूल छरं तिम्रा बाटाहरुमा

पाए कांडा उपहार जीवन भरि

आखा भरि तिमिलाइ राखं

सवै दृश्य निराकार जीवन भरि

भन्छन् भाग्य पौरखले लेखिन्छ

मेरो त खाली निधार जीवन भरि

सिरानीले रोयौ भन्यो निचोरेर हेरें

पराया भा’को सुने छाती फोरेर हेरें

यादहरु तस्वीर संगै असरल्लै थिए

मनले भन्यो दुई शव्द कोरेर हेरें
आखाहरु वाटोभरि ओच्छायाइ दिएं मैले

 अर्कै संगै थियौ तिमी चोरेर हेरे

 मातलाई आfa नो मानें यादलाई भुल्न

 

 

चिठ्ठीहरु सम्झनाले झन पिरोलेर हेरं

 

मर्नु भन्दा बहुलाउनु जाति भन्छन सवै

 कोहि थिएन ओढाउने कफन जोरेर हेरें

 

ओइलाएर झरेको छु फेरी फुल्न कहा सक्छु

मुटु छियो परि सक्यो त्यसै भुल्न कहा सक्छु
काचैं काचको घर थियो विश्वासको भर थियो
नियतिले फुटाइ दियो वटुल्न कहा सक्छु

 यो शहरका सवै प्यारा जब कोहि आfaनो थियो

 

खुसी माथी विर्को लाग्यो फेरी खुल्न कहा सक्छु
 पङ्खहरु झरिसके आकाश मेरे विलाइ सक्यो

 चन्द्र छुने इच्छा लिई अझै कहा डुल्न सक्छु ।

 

जिताउछ्यौ सधै म हारौं कसरी

इच्छाहरु मनको उमारौं कसरी

ओत खोज्दै समीपमा हुन्थ्यौ सधै
सुकिसकेको आतलाइ पगारौ कसरी
खुसी जति मेरो भागमा पोखीदियौ

स्नेहलाई अलिपर सारौ कसरी

यति चोखो यति मिठो पि्रत दिई गयौ

तिमी वाहेक अन्तै कतै चहारौं कसरी

 

अविरल बग्छ्यौ नदि रोकिएर त हेर

किनारमा छु म ठोकिएर त हेर

वाफै होला धेरै भए तरलता नै राम्रो

अंजुलीमा उघाउदा पोखिएर त हेर

मलाई त गडगडाहट नै मन पर्छ

शान्त किन हो झोकिएर त हेर

नशा मेरे बेग्लै तिमी तृप्त त्यसै

अमृत दिन्छु तिमी पनि पिएर त हेर

बोझ छ जीवनलाई एक्लै बोक्न खोज्यौ

अलिकति मलाई पनि दिएर त हेर

 

रात रोयो दिन रोयो चारै प्रहर रोयो

तिमी गयौ टाढा टाढा सारा शहर रोयो

छैन हात कस्को समाऔं फेरी एक्लिए म

कलिलैमा मर्नु पर्दा मेरो रहर रोयो

रिसाउने फकाउने खेल खेल्थौ हामी

खोज्दै थियो उठ्न प्रेमको लहर रोयो

उ त पाउछ रे अलिअलि लहरको स्पर्श

देखेर मेरो छटपटि बगर रोयो

न त तिमी छौ न म छु मूल नै सुकिसक्यो

आफु भित्र भिजाउन बनाएथे नहर रोयो

 

दुख हैन अव म त हर्ष चाहन्छु

खुसि हुन सिकाऊ परामर्श चाहन्छु

कोलाहलमा भासिएर निसासिनु भन्दा

समीप आऊ विचार विमर्श चाहन्छु

विजयको वाटो सधैं देखाइराख मलाई

भाग्ने छैन जीवन देखि संघर्ष चाहन्छु

सन्सारका सवै खुशी अव हामी पाऔं

शुभकामना देउ म त्यो वर्ष चाहन्छु

हजार हात स्पन्दनको बाटो छेक्छन यहा

अरु होइन म त तिम्रो स्पर्श चाहन्छु

10

तिमी विनाको त्यो फूल के काम

मानिसका यी हूल के काम

पूजा गर्न महादेव नै नभए

यी डमरु त्रिशुल के काम

पिरतिका खेलमा मेरै जित भए

पिडाका खात तिखा सूल के काम

हरेक छाया उनकै लाग्छ जब

फेरी भेट्ने वाचा कवुल के काम

हजार गल्ती सव माफ भए

जानी जानी गरेका यी भूल के काम

११

दिनजस्तै उज्यालो रात पाइन्थ्यो कि

यो मौसममा प्रेमको बष1र्त पाइन्थ्यो कि

फूटोस् प्याला मधुशालाको एक्लिऊ म

त्यहाबाट भागि जान साथ पाइन्थ्यो कि

आधि चल्छ निरासाको दियो निभ्न खोज्छ

मेरो दियो ढाकिदिने हात पाइन्थ्यो कि

उजाड उजाड सधैं म त पतझर नै छु

यो रुखमा फूल अनि पात पाइन्थ्यो कि

मेटाएर अहंकार तिमी सामू आएं

आफैंलाई लुकाउन त्यो गाथ पाइन्थ्यो कि

१२ 

 आfaनै लासमाथि उभिएर रोएं बेसरी

 मेरै देशको माटो छोएर रोएं बेसरी

 मेरो मेची काली भित्र रगत बगेको छ

 रगतले मुख धोएर रोए बेसरी

 टाउकोमा कफन बाधिदियो कसले

बाच्ने रहर निमोठेर रोएं बेसरी

चिरा चिरा भयो नाता भूलें तिमी को हौ

घर भित्रै शत्रु देखेर रोएं बेसरी

आत्मियता सकियो मनमा घृणा फलछ
आशाुले मन भिजाएर रोएं बेसरी
हराभरा होला भूमि सबले प्रेम रोपे

यो कस्तो रहर सजाएर रोएं बेसरी

१३
नजरको बयान नजर नै गरोस्

 अधरको बयान अधर नै गरोस्

 अचानक त्यो दिन शहर रमायो

उनको बयान शहर नै गरोस्

बालुवामा कतै गुलाव फक्रिएछ

फूलको बयान बगर नै गरोस्

चिनो मात्र एक याद पिउछ भूमि
प्रेमको बयान जहर नै गरोस्
बसन्त आउला कोइली गाउला फेरि

त्यो दिनको बयान पतझर नै गरोस्

१४

तिमी आयौ यसरी नै

हात समायौ यसरी नै

गुलाव झै फक्रिएं म

तिमी मुस्कुरायौ यसरी नै

मधुर धुनमा मन नाच्यो

तिमी गुनगुनायौ यसरी नै

देख्दैछु म उज्यालो मात्र

प्रकाश फिजायौं यसरी नै

म पनि अव तिमी नै भए

प्रीत लगायौ यसरी नै

मुक्त भएं भवसागर बाट

बन्धन फुकायौ यसरी नै

१५

कोही आए जस्तो कोही गए जस्तो

हलचल तर मिठो तर केही भए जस्तो

किन हुन्छ यस्तो सधैं भन्दा फरक

आाधी पनि मन्द मौन बहे जस्तो

सुन्यतामा मधुर संगीत अहो

बोलेजस्तो कहानी मेरै कहे जस्तो

शब्द रस रुप गन्ध सबै मिथ्या

हेर्छु म आफैंबाट अलग रहे जस्तो

 १६

यात्रा फरक पदचाप उस्तै उस्तै

गीत अलग आवाज उस्तै उस्तै

रुादा रोदन हासाइ पनि एकै

तिम्रो र मेरो स्वभाव उस्तै उस्तै

न त तृष्णा छ न कुनै लालसा

खाली मनको लगाव उस्तै उस्तै

देह अमर कहा छ जगतमा

हो नजीकको आभाष उस्तै उस्तै

आफू मेटिनु रहेछ पि्रतीकर

माया दुवैको अनुराग उस्तै उस्तै

१७

खरानी छ वरीपरि बल्नु बलें

कोइला सोच्छ घरिघरि जल्नु जलें

उफ त्यो एकांकी र उर्लदो पीडा

सोच्दो हो आnधी बेहरी चल्नु चलें

प्रीत अलग म आफैं देखि अलग

कति दिन त आफैंलाई छल्नु छलें

अमृत तिमी म बिषको फल

लटरम्म बोटै भरि फल्नु फंले

सर्मपण यो देह अरु को पो छ र

तिमीलाई खोजी खोजी गल्नु गलें

१८

आजभोली बन्दैछ देश अचम्मको

आफैलाई सिध्याउने आवेश अचम्मको

निर्जन गाउ निर्जन बस्ती निर्जिब मनहरु 

 नियाल्दैछु आfa

 

 

नै घरको परिवेश अचम्मको
बुद्ध भन्दै आफूलाई शान्ति बाढ्नेहरु
बन्दुक बोक्छन् हातमा ती भेष अचम्मको

 परपीडक लामो आयू बाच्न सक्दैन रे

 मुटु खाने मानिसको अवशेष अचम्मको

ममताको उत्षर्गले पालिन् पोसिन् जसले

आमा मार्न दिइएको आदेश अचम्मको

१९

त्यो रुप प्यारो त्यो रंग प्यारो
कोमल तिम्रा हर अंग प्यारो
फूल फक्रेजस्तो तिम्रो मुस्कान

तिम्रो खुशी हर उमंग प्यारो

मानिस म धरतीको अप्सरा रोजने

कल्पनाका लहर हर दंग प्यारो

जगत बिरानो तिमी बाहेक

तिमी पाउन हुने हर जंग प्यारो

२०

सुनिरहे मिठो गित भाका बुझिन

टोलाइ रहे हुल भित्र तमासा बुझिन

हेरी रहे तिमीलाइ प्यासहरु बोकी

सुर्यस्तमा विहानिको आसा बुझिन  

गजल

आफैलाइ भुलिदिन्छु तिमि हांसे यसरी नै

गुलाव सरि फुलिदिन्छु तिमि हांसे यसरी नै

पुणिर्माको कान्ती कहां सवै हार्छन् तिम्रो सामु

भंवरा झै डुलिदिन्छु तिमि हांसे यसरी नै

दिव्य दर्शन पाए जस्तो अहो भाग्य मेरो

लहलहाएर झुलिदिन्छु तिमि हांसे यसरि नै

प्रेम रसको माला सधै उनिराख मेरो निम्ती

सारा प्रेम वटुलिदिन्छु तिमि हांसे यसरी नै

छोटो भेट नै मेरो निम्ति बांच्ने आधार बन्यो

परदेश मेरो भुलि दिन्छु तिमि हांसे यसरी नै

 

ETHNICITY AND MAOISM IN NEPAL

A decade ago, in February 1996, the “People’s War” was launched in Nepal. In a relatively short period of time, the Maoist movement made its presence felt in almost each of the 75 districts of Nepal. Such headway cannot just be explained by the overall disappointment vis-à-vis the high expectations ensuing from the end of the autocratic monarchy and the return to a multiparty democracy in 1990. Political instability resulting from party infighting caused by personal rivalries and limited opportunities for socio-economic advancement for a relatively fast expanding population have quelled the enthusiasm of those who expected a government more responsive to people’s legitimate needs. Popular resentment just waited to be exploited by a movement substituting a radical discourse to a reformist agenda which also failed to usher in a more egalitarian social order diluting the traditional Bahun (Brahmin)-Chhetri (Kshatriya) dominance. On the receiving end are the ethnic groups whose grievances have at least received a greater echo post-1990. After reviewing the status of the indigenous people in the Nepalese society and polity, here is briefly pointed the role of the ethnic communities in the development of the Maoist movement, keeping in mind that their concerns have to be addressed by whoever is ruling the roost in Kathmandu. 

 

 The historical exclusion of ethnic groups from the power structure has been more openly discussed with the restoration of multiparty democracy. The Maobaadi have not missed the opportunity to capitalize on the ethnic fracture born out of the resentment vis-à-vis the perceived hegemony of one religion (Hinduism), one language (Nepali) and one nationality (Khas) to mobilize supporters. In the face of the cautiousness of successive governments in implementing reforms capable of answering the expectations of indigenous groups and to rectify the inequalities resulting from the traditional power structure, there has been a tacit convergence of interests between the Maoists and those disaffected groups independently of any ideological connivance, since the former participated in bringing forcefully to public notice the demands of the latter. Elimination of ethnic discrimination has emerged as a significant plank in the CPN (M) political agenda.

Nevertheless, the ethnic militants are aware of being possibly instrumentals by the Maoists as part of a strategy to seize national power and the equation being ethnicity and Maoism is not always an easy one. Part of the answer to the ambiguity lies in the areas passed under Maoist control. The extent to which they have been able to convince the ethnic groups of their ability and sincerity in positively inducing changes in relation to the economic and social environment remains largely a question mark. A more equitable distribution of power is in dissociable of a long-term stability of the country and this objective hold for all political actors.